
पूर्णपुष्टी, माघ ११ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जिल्ला स्तरीय आठौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८१ आज (शुक्रबार) देखि सुरु भएको छ।राष्ट्रको लागि खेल्कुद, स्वास्थको लागि खेल्कुद भन्ने मुल नाराका साथ बसाहा ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रतियोगिता बसाहास्थित स्वर्गीय सनात कुमार राई कबर्ड हलमा सुरु भएको हो ।
प्रतियोगितामा ए डिभिजनका १६, बि डिभिजनका ५७ र ४५ + भेटान्समा २९ र ५५ + भेटान्समा १६ टिम गरि जम्मा ११८ टिमले सहभागी जनाएकाे छ । ए डिभिजनका प्रथमले नगद रु. २५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १५००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ ।
त्यस्तै बि डिभिजनका प्रथमले नगद रु. २०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. ८००० सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ भने भेट्रान्स तर्फका बिजेताले नगद रु. २०००० सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रोले नगद रु. १२००० सहित ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रोले नगद रु. ८००० सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ ।
आज देखि सुरु भयको प्रतियोगिता भोलि सम्म सन्चालन हुनेछ । उद्घाटन कार्यक्रममा चौदण्डीगढीका मेयर कालुमान लामा, पुर्व मेयर निर्मल काजी राइ, जिल्ला प्रहरी कर्यालयका एसपी हरिहर नाथ योगि, जिल्ला ब्याटमिन्टन सङ्घ उदयपुरका अध्यक्ष कालिदास राई (किसन) र बसाहा ब्याटमिन्टन क्लबका अध्यक्ष नारान तामङ्ग लगायतको उपस्थिती रहेको थियो ।