Monday, May 4News That Matters

चौदण्डीगढीमा रोकिएन गिटी वालुवा उत्खनन, आवाज उठाउँदा उल्टै दुव्र्यवहार भएको आरोप


पूर्णपुष्टि, २२ असार ।

आसार लागे सँगै बन्द भएको गिटी वालुवा उत्खनन कार्य चौदण्डीमा अझै रोकिएन । नगरको ९ नं वडामा रहेको स्थानीय छेडी खोलामाबाट शुक्रबार बिहान गिटी वालुवा उत्खनन भएपछि स्थानीयहरुले बिरोध गरेका थिए । स्थानीय सुनिता श्रेष्ठका अनुसार गिटी वालुवा बन्द भएपछि पटक पटक गरी तिन चोटी त्यस खोलाबाट उत्खनन कार्य भैरहेको जनाईन् ।

सूर्यदय सामुदायिक वनक्षेत्र अन्तर्गत पर्ने त्यस खोला क्षेत्रबाट पहिले पनि उत्खनन गरेका थिए । उत्खनन कार्य नरोकिएपछि स्थानीयहरुले बिरोध गर्दा उल्टै दुव्र्यवहार भएको आरोप छ । सोही वडाका वडाअध्यक्ष प्रकाश राउतले सुनिता श्रेष्ठलाई दुव्र्यवहार गरेको स्थानीयहरुले आरोप लगाएको छ । श्रेष्ठले आफु खेतमा काम गरिरहेको अवस्थामा एक्कासी टिपर र जेसिवीले खोला उत्खनन गरेको र त्यसवारेमा भाईहरुले आफुलाई जानकारी गराएको उनले बताईन् ।
खबर पाउन साथ बन्द भएको गिटी वालुवा के कारणले झिकियो भन्दै बुझन जाँदा वडाअध्यक्ष राउतले आफ्नो कुरालाई मतलव नै नगरेको जनाईन् । अध्यक्षले हाम्रो कुरा सुन्न र बुझ्न चाहेनन् । मेरो ठाउँमा म जेसुकै गरुम के मत्लव भन्दै उल्टै गाली गर्दै ममाथी दुव्र्यवहार गर्नुभयो, सुनिताले भनिन, ।

उत्खनन भैरहेको कार्यलाई प्रमाणका साथ देखाउन आफुले भिडियो खिच्न जाँदा भिडियो भाईरल गर्न खोजेको भन्दै बोल्न र भिडियो खिन्च रोक लगाएको श्रेष्ठको आरोप छ । उनले वडाअध्यक्षले बाघले झम्टेझैँ आफुसँग जुध्न आईलागेको बताईन् । तर आफ्नो कुनै पनि गल्ती नभएका कारण आफु पछि नहटी गैरकानुनी कामको बिरोधमा लागेको जनाईन् । श्रेष्ठका अनुसार पहिलै बाटै त्यस खोलामा स्थानीयहरुले पटक पटक उत्खनन बन्द गरेपनि छापामार शैलीमा वडाअध्यक्षको दादागीरीमा उत्खनन कार्य भैरहेको जनाईन् । पीडित श्रेष्ठले आफ्नो फेसबुकमा पोष्ट गरेको भिडियोमासमेत महिलामाथि वडाध्यक्ष जाइलागेको प्रष्ट देख्न सकिन्छ ।

सो विषयमा वडाध्यक्ष रातउले उक्त महिलाई दुव्र्यवहार नगरेको बताए । बरु मलाई उनी आफैले हातपात गरेका छन् उनले भने ।

वडाध्यक्ष राउतले भने, ‘डुगादेखि लालभित्ति हडियासम्मको कालोपत्रे सडक निर्माण भइरहेको छ । प्रेम कार्कीेको कम्पनीले ठेक्का लिएर काम गर्दै गरेको हो । वर्षालाग्यो पानी परेकोले बाटो हिलो छ ।

उताबाट कालो पत्रेको लागि कच्चा पदार्थहरु लिएर आउँदा टिफर फस्ने भएकोले १० चक्के गाडी नफसोस भन्ने उदेश्यले गिट्टी खन्न जाँदा भेटभएपछि सामान्य विवाद भएको हो । अरु केही भएको छैन ।

यसरी गिट्टी निकाल्न खोज्दा ती सुनिता श्रेष्ठले फोटो खिचेर भिडियो बनाएर गाडी चालकहरुलाई थर्काएर भाइरल बनाउँन लाग्यो भन्दै मलाई फोन गरेपछि म गएको हुँ । वर्षाको समय छ मानवीय हिसावले कानुनी पाटो एक ठाउँमा छ । तर काम त सक्नु प¥यो नी आज अन्तिम मिति हो, खास भएको यति हो ।’ उक्त सडकमा सगरमाथा निर्माण सेवाले ठेक्का लिएर काम गर्दैगरेको कम्पनीको संचालक प्रेम कार्कीले बताए । तीन किलो मिटर कालो पत्रे गर्नु पर्ने भएपनि अरुले नै काम गरिरहेकोले सडकको लागत र स्रोत थाहा नभएको उनले बताए ।

गत माघ महिनामापनि एक स्थानीय खोलाबाट अवैध गिट्टी उत्खनन गर्दै गरेको विषयमा स्थानीय राकेश चौधरी र पत्रकार राजेन्द्र दुष्टलाई दूव्यवहार गरेको थियो भने उक्त घटनाको निवेदन अहिले पनि जिल्ला वन कार्यालयमा रहेको राकेश चौधरीले बताएका छन् ।