
पूर्णपुष्टि, माघ १२
चौदण्ढीगढीमा स्वास्थ्य भवन उद्घाटन भएको छ । चौदण्डीगढी नगरपालिका १ चौदण्डी दरबार आसपासमा १ तल्ले पक्की भवन बनेको हो ।
भवनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सांसद डा. नारायन खड्काले गर्नुभयो ।
कुल बजेट ५० लाख नगदमा शौचालय, सान्न कक्ष सहित ६ कोठो एक तले भवन निर्माण भएको छ ।
भवनका निर्माणका लागि आर्थिक वर्ष ०७६÷०७७ को स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमबाट २५ लाख रुपैया र आव ०७७÷०७८ को चौदण्डीगढी नगरपालिकाको बजेटबाट २५ लाख रुपैया गरी कूल ५० लाख रुपैयामा बजेट छुटिएको थियो ।
भवन उद्घाटन गर्दै डा. खड्काले स्थानीय सर्वसाधारणको स्वास्थ्यमा चिन्तित भएकोले यो भवन निर्माण गर्न उर्जा मिलेको बताउनुभयो ।
केही स्थानीयवासीले राहत पाउँन सक्छ भन्ने उदेश्यले सबैको चाँसोको विषयपनि भएकोले भवन निर्माण भएकोमा सबैलाई धन्यवादसमेत ब्यक्त गर्नुभयो ।
संसद खड्काले भने, ‘अब अस्पताल, स्वास्थ्य चौकी त बन्यो, त्यतिले मात्र हुँदैन यहाँ दक्ष जनशक्ति चाहिएको छ, उपकरणहरु, औषधीको आवश्यक्ता छ सम्भवभए ती पनि विस्तारै सक्नेजति पुरा गर्दै लाने प्रतिवद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा प्रदेश संसद हिमाल कार्कीले प्रदेशबाट सम्भव भएसम्म स्वास्थ्य चौकीको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा समाजवादी पार्टीका चौदण्डीगढी नगर उपाध्यक्ष नविन राईले नोटरी क्लव धुलिखेलका अध्यक्ष जयकुमार राईले ३ लाख रुपैया मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु ल्याउँदै गरेको जानकारी दिए ।
उद्घाटन कार्यक्रमा नगर प्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, नगर स्वास्थ्य उप संयोजक तेजबहादुर पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
