Sunday, May 17News That Matters

कोरोनाविरुद्ध खोप अभियान १४ गतेबाट सुरु

पूर्णपुष्टि,माघ ११ 

भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएका १० लाख डोज कोरोनाविरुद्ध खोप १४ गते बुधबारदेखि लगाइने भएको छ ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभएको छ ।