Tuesday, June 9News That Matters

लागुऔषध खैरोहिरोईन सहित चार पक्राउ

पूर्णपुष्टि,माघ ११ 

मोरङ पथरी शनिश्चरे–४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो–२ का १९ बर्षीय निराज राई हुन् ।

घरमा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,  ट्रामाडोल हाइड्रोक्लोराइड–९० ट्याब्लेट, स्पासपेन–५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनीहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल पनि नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।यसरी पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।