Sunday, May 3News That Matters

चौदण्डीगढी खबर छैँटो बर्षमा प्रवेश

पूर्णपुष्टि, २ बैशाख ।
उदयपुर जिल्ला सदरमुकाम देखी पूर्वी भु–भाग बेल्टारबाट प्रकाशित हुने गढीखबर दैनिक छैटो बर्षमा प्रवेश गरेको छ । २०७५ साल बैशाख २ गतेबाट प्रकाशन सुरु गरेको यस गढीखबरले छैँटो बर्षको यात्रा तय गरेको हो । बेल्टार बजार लगायत समग्र उदयपुर जिल्लाभरीकै जनमुखी सूचना सन्देश तथा खबरदारीमुखी समचारहरुमा आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको यस पत्रिकाले आफुलाई छ बर्षको दौडानमा पुराएको हो ।

बिषेशगरी यसले बेल्टारलाई भुगोल बनाएर आफ्नो सूचना समचार प्रकाशित गरिरहेको छ । गढीखबर बेल्टारवासीहरुको प्रभावकारी सूचना सन्देशको माध्यम बनेको छ । सकरात्मक कार्य तथा नकरात्मक कार्य कुनै पनि जताको आवश्यक र निति विपरिदको सूचना सन्देश तत्काल जनतासामु पुराउने र जनतालाई सचेत गराउने काम यस गढीखबरले गरिरहेको छ । गढीखबर प्रकाशक राजेन्द्र राई (दुष्ट) ले पाठक तथा बिज्ञापनदाताहरुमा धन्यवाद व्यक्त गरेको छ । यस पत्रिकालाई यहाँ सम्म पुराउन पाठक, बिज्ञापनदाता, सुभचिन्तक, बुद्धिजिवी, सामाजिक व्यक्ति तथा सूचना सन्देश प्रेमीहरुलाई राईले धन्यवाद व्यक्त गरे । उक्त पत्रिकाको सम्पादक उदयपुरका क्रियाशिल पत्रकार भोटराज राई हुने भने प्रकाशक राजेन्द्र राई सहितको टिम रहेका छन् ।