Wednesday, April 29News That Matters

चौदण्डीगढीमा सेनाद्धारा निर्मित शौचालय पालिकालाई हस्ताण्तरण

सुनिल राई, गाईघाट ।

पूर्णपुष्टि, बैशाख २८ ।  नेपाली सेनाले उदयपुरको ऐतिहासिक तथा पर्यटक स्थल चौदण्डीगढी दरबार परिसरमा निर्माण गरेको सार्वजनिक शौचालय नगरपालिकालाई हस्ताण्तरण गरेको छ ।

आईतबार चौदण्डीगढी दरबार परिसरमा आयोजित एक कार्यक्रमको बिच जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले चार कोठे सार्वजनिक पक्कि शौचालय उद्घाटन गर्नुभएको हो । उद्घाटन भएसँगै पशुपती प्रसाद गण बोक्सेका (गणपती) शिव प्रसाद वाग्लेले चौदण्डगढी नगरपालिका प्रतिनिधि वडा नं १ का वडा अध्यक्ष सिताराम राईलाई नवनिर्मित शौचालय हस्ताण्तरण गर्नु भएको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले स्थानिय सरकार गठन हुँदा ऐतिहासिक गढीको नामबाट चौदण्डीगढी नगरपालका रहन गएको भन्दै ऐतिहासिक धरोहरको संरक्षण तथा प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

पशुपती गणका गणपती वाग्लेले नेपाल एकिकरणको समयमा उदयपुर जिल्लामा रहेको दुई गढी मध्ये चौदण्डीगढीको अत्यन्तै प्रयोग भएको र इतिहासमा समेत स्वर्ण अक्षरले लेखिएको बताउनुभयो । सैनिक नागरिक सम्बन्धलाई थप प्रगाढ बनाई ऐतिहासिक गढी तथा स्तरोन्नतीमा थप टेवा पुर्याउने उदेश्यले घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटनको सहजताका लागी शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो ।

गणपती वाग्लेका अनुसार नेपाली सेनाको शीघ्र प्रभावी आयोजना (QIP) २०८१ अन्तर्गत नेपाली सेनाबाट प्राप्त आर्थिक स्रोत, श्री पूर्वी पृतना हे.क्वा. का पृतनापति उपरथी पवनराज घिमिरेको परिकल्पना तथा निर्देशन र श्री नं. १८ वाहिनीपती सहायक रथी गौरव गुरुङको पहलतामा सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

नेपाल एकिकरण अभियानको क्रममा विशेष महत्व रहेको चौदण्डीगढी नगरपालिका वडा नं. १ मा अवस्थित गढी परिसरमा मिति २०८१ पष १२ गतेबाट निर्माण सुरु गरिएको शौचालयको २०८२ बैशाख २८ गते सम्पुर्ण निर्माण कार्य सम्पन्न गरी पालिकालाई हस्ताण्तरण गरिएको हो । उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत स्थानिय जनप्रतिनिधि तथा सर्वसाधरणहरुको समेत उपस्थिति रहेको थियो ।