Friday, February 7News That Matters

चौदण्डीगढी नगरपालिकामा पाँच वडाका कालोपत्रे सडक निर्माणको शिलान्यास

पूर्णपुष्टि, माघ ८ । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले सोमबार नगरका पाँच वडामा एकैसाथ कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन् । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत वडा नं. २, ४, ५, ९ र १० मा कालोपत्रे सडक निर्माण हुने छ ।

बेल्टारे निर्माण सेवाले निर्माण गर्ने यो परियोजनाको लागि नगरपालिकाले ६६ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ । वडा नं. ९ मा ३.७५ मिटर चौडाई र ३१० मिटर लम्बाईको सडक निर्माण हुनेछ भने अन्य वडाहरूमा समान चौडाईको २९५ मिटर लामो सडक बन्नेछ ।

नगरपालिकाले हरेक वर्ष दश वटै वडामा क्रमिक रूपमा ग्रामीण सडकहरूको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यस अनुरूप सोमबार बसाहा गुम्बा (त्रिशक्ति) चोकमा मेयर लामाले आयोजनाको शिलान्यास गरेका हुन् ।