Saturday, May 2News That Matters

चौदण्डीगढी नगरमा पूर्बग्राही तरिकाले कर्मचारी हटाईएको भन्दै स्थानीयको बिरोध

पूर्णपुष्टि, २२ असोज ।
चौदण्डीगढी नगरपालिकाले पूर्वाग्राहीढंगले कर्मचारी बर्खास्त गरेको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएको छ । आधारभूत नगर अस्पताल बेल्टारमा कार्यरत दुई कर्मचारीहरु रचना राई र हेमा बञ्जरालाई राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरिएको भन्दै स्थानीयवासीले कार्यालयमा पुगेर आक्रोश पोखेका हुन् ।

०७९ चैत १५ गते रचना कम्प्यूटर अपरेटर र हेमा ल्याव असिस्टेन्ट पदमा नियुक्ती भएका थिए । यी दुई कर्मचारीलाई ज्यालादारीमा काम गर्दैगर्दा पनि विना कसुर राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरेको पीडितहरुको आरोप छ ।

बर्खास्तमा परेकी दुई कर्मचारी मध्ये रचनाले भने, ‘डेढ वर्षदेखि काम गर्दै आएका थिईन् । विवादको विषयमा भने नगर प्रमुख मेयर कालु लामाले खासै चासो नदिएको स्थानीय समाजसेवी गोपाल राईले बताए । विहानदेखिको यो झमेला हो, वार्तामा बसौ न भन्दा पनि मेयर लामाले हाम्रो कुराको सुनुवाई नगरेको उनको भनाइ छ ।

स्थानीय बुद्धहाङ राईका अनुसार मेयर गाईघाटबाट आएपछि आफ्नो कार्यकक्षमा छिरेपछि प्रहरीलाई पहरा दिन लगाएर दिनै भर भित्रै बसिरहेको छ ।
भित्र मेयर लामासहित वडाध्यक्षहरु २ नं। का हरीबहादुर खड्का, ४ नंं। वडाका लुंगाराज राई, ६ नंं।का अमरबहादुर खड्का, ८ नंं का भगिनाथ मगर र ९ नंं। का प्रकाश राउत थिए ।

जनप्रतिनिधि भएर जनताको कुरा नसुनी जनआवाजहरुलाई बेवास्तागरी तानाशााही, हिटलर शैलीले समस्यको समाधान नहुने स्थानीय समाजसेवी दिनेश राईले बताए ।