
बुद्धि चामलिङ राई
काठमाडौ, माघ ११
काठमाडौमा जारी राष्ट्रिय महिला फुटबल लिगको आज आइतबार पाँचौ दिन हुने खेलमा चौदण्डीगढी नगरपालिका उदयपुर र चन्द्र्पुर नगरपालिका रौताहट बिच खेल हुदैछ । अखिल नेपाल फुटबल सङघ (एन्फा) को सातदोबाटो स्थित खेलमैदान हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
यस अघिको खेलमा चन्द्रपुर एपिएफ सङ्ग ६(० गोलले हारेको थियो भने चौदण्डीगढी पनि नेपाल पुलिस सङ्ग ६(० गोल अन्तरले हारेको थियो । दुबै टिमले एक खेल खेलीसक्दा दुबैले अङ्क गुमाएका छन । आजको यी दुई टिमको खेलबाट दुबै टिम आफू जित हासिल गरि ३ अङ्क जोड्ने योजना मा छ ।
चन्द्रपुर नगर रोउतहट र चौदण्डीगढी नगर उदयपुरको पछिल्लो पटक २०७६ साल माघ २१ देखि चौदण्डीगढी बसाहा मकमडाडा खेलमैदानमा भएको नकआउट खेलको माघ २८ गते भएको फाइनल खेलमा भेट भयको थियो । त्यसबेला चन्द्रपुर नगर रौताहटले २(० गोलले आयोजक चौदण्डीगढी नगर उदयपुरलाई हराएको थियो ।
