
पूर्णपुष्टि, माघ ११
बलत्कारको आरोपमा एक जना वडाअध्यक्ष लाई प्रहरीले पक्राउ गरेको छ । वडा नं १० मन्थली नगरपालिका रामेछापका भरत बहादुर बोहरालाई बलत्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बोहोरालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष बोहरालाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । बोहोरालाई पक्राउ गरी थप अनुसन्धान पछि आवश्यक कार्वाही गर्ने महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए ।
