
पूर्णपुष्टि,माघ ११
खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जार्दा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा फुयलको घटनास्थलमानै मृत्यु भएको हो ।
आफन्तले घटनाकोबारेमा प्रहरी चौकी रतन्छामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मृतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।
