Monday, June 1News That Matters

चौदण्डीमा जनप्रतिनिधिको मासिक सुबिधाबाट विद्यार्थीहरुलाई न्यानो कपडा

पूर्णपु्ष्टि, माघ ५

चौदण्डीगढी नगरपालिका वडा नं ८ का जनप्रतिनिधिहरुले आफ्नो मासिक सुविधा बापतको रकमबाट विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । अति विपन्न परिवारका विद्यार्थीहरुलाई जाडो बाट सुरक्षित राख्ने भन्दै स्वीटर वितरण गरिएको हो ।

वडा नं ८ सिद्धिपुर स्थित सारदा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडको रुपमा स्वीटर खरिद गरी प्रदान गरिएको छ । अति विपन्न परिवारका १८ जना विद्यार्थीहरुलाई आईतबार स्वीटर वितरण गरिएको  वडा सदस्य तथा स्थानीय युवा समाजसेवी बासुदेव राईले बताए ।

वडाभर कूल ७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका विद्यार्थीलाई मात्र वितरण गर्न लागिएको सदस्य राईले बताए ।

सो वडाका ५ जना जनप्रतिनिधि मध्ये वडाध्यक्ष श्यामकुमार खपांगी मगर र दलित महिला सदस्य यशोदा नेपालीको भने निधन भइसकेको छ ।