चौदण्डीमा प्रतिवन्धीत औषधी बेच्ने झालाई तत्काल कार्वाहीको माग गर्दै प्रहरीलाई ध्यानाकर्षण पत्र

पूर्णपुष्टि, ८ आसोज ।
बेल्टारका एक मेडिकल संञ्चालकका छोराले नेपाल औषधी व्यवसाय बिभागले प्रतिवन्ध लगाएका औषधी बेचेको भन्दै चौदण्डीगढीका स्थानीय नागरिक समाजले आपत्ति जनाएको छ । चौदण्डीगढी नगरपालिका ७ स्थित गोपिकृष्ण मेडिकल हलका संञ्चालक सुरेन्द्र झा का छोरा बिरेन्द्र झाले पटक पटक प्रतिवन्धित औषधी बेचेको भन्दै स्थानीय नागरिक समाजले सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्वाहीको माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ । खुलेमा रुपमा पटक पटक पटक प्रतिवन्धित औषधी बेच्दा पनि झालाई कार्वाहीको दायरामा नल्याएको भन्दै स्थानीय नागरिकहरु आक्रोशमा आएको हो ।

                                                      प्रतिवन्धित औषधी बिक्रि वितरणमा संलग्न बिरेन्द्र झा ।

स्थानीय युवा बुद्ध सुप्तिहाङ राईका अनुसार झाले पहिल्यैबाट प्रतिवन्धित औषधी बेचेर लागुऔषाधजन्य व्यपारको कामलाई बढुवा दिएको र सुरक्षा क्षेत्रलाई अटेरी गरेको जनाए । झाले लामो समयदेखी प्रतिवन्धित औषधीको ब्यापार गर्दा समेत सम्बन्धित निकायहरु मौन बसेको भन्दै प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाउनु पर्ने स्थानीय नगारिकहरुको बाध्यता रहेको राईको भनाई छ ।

झाले बाराम्वार रुपमा प्रतिवन्धित ट्रामाडोल नामक औषधीको लुकाईछिपाई बिक्रि वितरण गर्दै आएको स्थानीयहरुले जनाएको छ । झाको घरमा प्रहरीले गत मंगलबार छापा मार्ने क्रममा दुई बोरा बराबरको औषधी बरामद गरेर पक्राउ गरेको भएपनि एक दिन पनि हिरासदमा नराखी छाडिदिएको राईले बताए ।

झालाई गैरकानुनी औषधी व्यपार गरेको फेला पारेपनि प्रहरीले सहजै छाड्ने गतिविधिले ब्यपारलाई निरन्तर दिएको स्थानीयहको बुझाई छ । उनिहरुले झाको हर्कत विरुद्ध चौदण्डीगढी नगरपालिकाका मेयर र स्वास्थ्य शाखामा पनि ध्यानाकर्षण गराएका थिए ।

प्रहरी तथा औषधि बिभागले यस्ता व्यक्तिहरुलाई कानुनबमोजिम कार्वाही गर्नुपर्ने भन्दै कुनै हालतमा झालाई कानुनी दायरामा ल्याउन प्रहरी समक्ष नागरिकहरुले आह्वान गरेको छ । बेल्टारबाट आएको नागरिक समजा तथा युवा नेतृत्वहरुको समूहले जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र साहय जिल्ला अधिकारी दुवैलाई नभेटेपछि उनिहरुले प्रहरीलाई ध्यानाकर्षण बुझाएका थिए । डिएसपी चौधरीले यस्ता गतिविधि विरुद्धको आवाजलाई प्रहरीले सहयोग गर्ने जनाए ।

प्रहरी आफौ लागुऔषाध दुव्र्यसनलाई न्युनिकरण गर्ने अभियानमा लागि रहँदा नागरिकबाट पनि यस्तो कुराको उठान हनु राम्रो कुरा रहेको जनाए । उनले प्रतिवन्धित औषधीको कार्वाही सम्बन्धित निकायलै नै गर्ने भएकाले आफ्नो दायरामा आईपर्ने जिम्मेवारीको अनुसन्धान गर्ने जनाए । उनले औषधी जन्य क्षेत्रको कामकार्वाहीको अधिकार प्रहरीलाई नरहेको भन्दै आफ्नो क्षेत्रअधिकारभित्र आउने कुनै पनि जिम्मेवारीबाट पछि नहट्ने जनाए । यस घटनाबारे माताहतमा रहेका बेल्टार प्रहरीलाई निश्पक्ष अनुसन्धान गर्न सुझाएको समेत डिएसपी चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0