
पूर्णपुष्टि/उदयपुर, कार्तिक ११ ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा आयोजित छठपुजा विहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै सम्पन्न भयो । हजारौंको संख्यामा श्रद्धालुले यहाँ रातभर निराहार, जागरम ब्रत बसेका थिए । विहान सुर्यलाई पानी चढाएर अर्घ दिएका हुन् ।
आफु र परिवारको सुस्वास्थ्य, दिर्घायु र उन्नती, प्रगतीको कामना गर्दै बसेका ब्रतालुहरु पुजा सकिएसंगै पुजा सामग्री र विभिन्न प्रसाद संकलन गरी घरतिर लागेका छन् । घर पुगेर प्रसाद ग्रहण गर्दछन् भने छरछिमेकलाईसमेत बाड्दछन् ।
मधेसी र पहाडी मिश्रित समुदायले विगत झै छठपर्व भब्य मनाएका हुन् । श्रद्धालुभक्तजनको आगमन, ब्यवस्थापनको हिसावले छठपर्व विगतभन्दा भब्य भएको त्रियुगा छठपूजा ब्यवस्थापन समितिले जनाएको छ । यहाँको छठपुजा कोशीप्रदेशकै उत्कृष्ठ भएको दावी आयोजकको छ ।
यो पर्व सकिएसंगै ब्रर्त सफल गरेका श्रद्धालुहरुको मनमा शान्ति छाएको छ भने समुदायमा सद्भाव छाएको छ ।
