Tuesday, June 2News That Matters

छात्रालाई दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

पूर्णपुष्टि, चैत ७ ।
एक १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चितवनको माडीका एक शिक्षकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई नियन्त्रमा लिएको हो ।
घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।
फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।
माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले शिक्षक लामिछानेले पटक–पटक उही क्रियाकलाप दोहो¥याएकाले विद्यालयमा पढाउन दिन नसक्ने भन्दै नगर शिक्षा समितिलाई पत्रसमेत लेखेका छन् ।
बाल यौन दुर्व्यवहारमा कसुर ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनले गरेको छ ।