Tuesday, April 21News That Matters

छिटै नयाँ सरकार बन्ने

पूर्णपुष्टि, चैत २१

नेपाली कांग्रेसको निर्णयसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ ।

कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसले निर्णय गर्न ढिलाइ गर्दा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र समर्थन फिर्ता लिन समस्या भए बताएउनुभयो । तर हिजो कांग्रेसले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै छिटै नयाँ सरकार बन्ने पक्का भएको बताउनुभयो ।

नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि प्रचण्डले बताउनुभएको छ । हिजो र आजको राजनीतिले कोल्टे फेर्दा नयाँ सरकारको बाटो खुलेको प्रचण्डको भनाइ छ ।