
गाईघाट, फागुन १७ गते ।
छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभएको छ । कार्यकालमा उपलब्धि गरेका कुराहरुको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको मन्त्रि अर्याललले बताउनुभएको हो ।
नक्साको लागि नापी विभागको प्राविधिक टोली त्यसमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको मन्त्रि अर्यालले बताउनुभयो । अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको छ । अर्थ मन्त्रालयमा गठन आदेश पुगेकाले सबै प्रक्रिया पूरा गरे गठन हुन्छ । यस आयोग कानूनबाट निर्मित आयोग भएकाले शक्तिशाली हुने मन्त्रि अर्यालले बताउनुभयो ।
