Monday, April 20News That Matters

विश्वमा ८३ हजार भन्दा बढी कोरोना संक्रमित

गाईघाट, फागुन १७ गते । 

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमित विश्वमा ८३ हजार ६ सय ५२ जना रहेको नयाँ तथ्याङकले देखाएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्कमा  १३ सय ५८ नयाँसहित ८३ हजार ६ सय ५२ जना कोरोनाको संक्रमित भएको देखाएको हो ।

तथ्याङकअनुसार चीनमा ३ सय ३२ जना नयाँसहित ७८ हजार ९ सय ६१ जनामा संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये चिनमा ४४ जना नयाँसहित २ हजार ७ सय ९१ जनाको मृत्यु भईसकेको छ ।

चीन बाहिर पाँच नयाँ देशसहित ५१ देशका एक हजार २७ नयाँसहित ४ हजार ६ सय ९१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । चीनभन्दा बाहिरका देशहरुमा अहिलेसम्म १० नयाँसहित ६१ जनाको मृत्यु भईसकेको छ ।