Saturday, May 16News That Matters

आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

गाईघाट, फागुन १७ गते । 

आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा पानीसहित हिमपात हुने संभावना रहेको महाशाखाले जनाएको हो ।

पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका केहि पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।