Friday, July 10News That Matters

छुट्टा छुट्टैस्थानमा मोटरसाईकाल दुर्घट्ना हुँदा तीन जनाको मृत्यु

सिरहा\धनुषा,पुष ७ । सिरहाको मिर्चैया नगरपालिका–७, फुलबरियामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मंगलम अस्पतालबाट थप उपचारकोालागि फुल कुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । बुधवार बेलुकी सवा ८ बजे प्रदेश २–०१–००३ प ६९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।

यता धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्युुहुनेमा धनुषाको सहिदनगर नगलपालिका–५, धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।