Monday, April 20News That Matters

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पूर्णपुष्टि, असोज १७
१ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो । लालिगुराँस नगरपालिका–५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको थियो ।साथै सोही ट्याक्टरमा सवार रहेका सोही स्थानका १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका–११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

यस्तै दुहवी नगरपालिका–८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका–५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।