
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ मा जारी छैठौँ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक बगाहा युवा समुह फुटबल क्लब विजयी भएको छ ।
आईतबार बगाहाको खेल मैदानमा भएको खेलमा शिव पार्वती फुटबल क्लबको पोष्टमा आयोजक बगाहाले ६ गोल गरेको हो । बगाहाको लागी जर्सी नं. ७ का कप्तान विप्लव कटुवालले ह्याट्रिक गरे । उनले खेलको २९, ४७ र ५८ औँ मिनेटमा ह्याट्रिक पुरा गरे ।
त्यस्तै खेलको सुरुवाती १५ औँ मिनेटमा जर्सी नं. १० का यलएक्स स्याङ्बोले गोल गर्दै बगाहालाई आग्रता थिए भने २१ औँ मिनेटमा जर्सी नं. १४ का सनम चौधरी र ४८ औँ मिनेटमा जर्सी नं. ९ का रितेश तामाङ्गले १–१ गोल गरे । यस खेलका म्यान अफ द म्याच बगाहा युवा समुहका जर्सी नं. ७ का विप्लव कटुवाल बने । उनले नगद रु. ५ सय सहित फ्लेक्स र मेडल प्राप्त गरे ।
यस प्रतियोगिताको विजेताले ट्रफी, मेडर र नगद रु. २५ हजार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडर र नगद रु. १५ हजार प्राप्त गर्नेछ । आजको विजेता आयोजक बगाहा युवा समुहले भोली हुने फरसेट फुटबल क्लब र तिनकुने फुटबल क्लबको विजेतासँग सेमिफाईनल खेल खेल्नेछ । ७ टिमको सहभागिता रहेको यस प्रतियोगितामा विद्यागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।


