Friday, February 7News That Matters

छैठौं नारदमुनी गोल्डकप सुरु, डिएफसी मोरङको जीत सुरुवात

पूर्णपुष्टि, कात्तिक १७ गते ।

बसाहा–उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमो डिएफसी मोरङले न्यू स्टार क्लव सुनसरीलाई टाईव्रेकरमा ३ को विरुद्ध ४ गोल गर्दै जीतको सुरुवात गरेको छ ।

बराबरी २÷२ गोलमा टुंगिएको ७० मिनेटको खेलमा जितको छिनोफानो गर्न भएको टाईवेकरमा मोरङको तर्फबाट विदेशी खेलाडी सेगुन, बुद्ध चेम्जोङ, अर्का विदेशी खेलाडी प्रतिक र योगेश गुरुङले गोल गरेका थिए । सुनसरीका दोर्जे गुरुङ, जीवन धामी र मनोज राईले गोल गरेका थिए ।

खेलको ३४ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ११ का तिर्थ बस्नेतले पहिलो गोल गरी खाता खोलेका थिए । त्यस लगत्तै ३७ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ७ का उमेश राईले १ गोल गरेका थिए ।

मोरङतर्फ जर्सी नम्बर १३ का निसान खड्काले ३९ औं मिनेटमा गोल गरी टिमका लागि खाता खोलेका थिए भने खेलको अन्तिम मिनेट (७२ मि.) मा जर्सी नम्बर ११ का संजोग राईले १ गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।

खेलको म्यान अफ दि म्याच मोरङका योगेश गुरुङ घोषित भए । उनलाई प्रमुख अतिथि चौदण्डीगडी नगरपालिकाका मेयर खगेन्द्र राईले नगद ३ हजारसहित पुरस्कृत गर्नुभयो ।
भोलीको खेल दमक एफसी झापा र चर्च व्वाईज युनाईटेड काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भएको प्रतियोगिताको उद्घाटन मेयर खगेन्द्र राईले गर्नुृभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट लगायत विभिन्न अतिथिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोस्रो हुनेलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिएका छन् ।