Tuesday, June 9News That Matters

छोराको कुटपिटबाट बाबुको ज्यान गयो

पूर्णपुष्टि,चैत २९

मोरङ विराटनगर महानगरपालिका–८ स्वागतम चोकमा शनिबार राति घरायसी विवादमा बाबु छोराको झगडा पर्दा बाबुको ज्यान गएको छ । स्थानीय ५२ वर्षीय विको सहनीको छोराको कुटाईबाट ज्यान गएको हो ।

विकोले चलाइरहेको पसलमा उनको छोरा आएपछि सामान्य विवाद भएको थियो । विवादकै क्रममा उनको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर ज्यान गएको थियो । घरको पिलरमा ठोकिएर भुइँमा लडेका विकोलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।

विकोको घाँटीमा चोट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

विकोका तीन भाइ छोरा रवी, लटुवा र भंगरु सहनी फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीलेप्रहरीले जनाएको छ ।