
पूर्णपुष्टि,चैत
काठमाडौंको गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा एक पुरुष मृत फेला परेको छ । स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती क्षेत्रीको शव शनिबार राति पौने १० बजे गेष्ट हाउसमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको प्रहरी प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकबाट नागरिकताको फोटोकपी पनि फेला पारेको छ । शरिरमा बाहिरी चोट पटक नदेखिएको र थप कुरा पोष्टमर्टमपछि खुल्ने प्रहरीले जनाएको छ ।
शनिबार उनले गेष्ट हाउसको २०४ नम्बरको कोठामा राजु क्षेत्रीको नाममा इन्ट्री गरेका थिए ।
मृतकका परिवार काठमाडौं आउँदै गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
