Tuesday, June 9News That Matters

प्रतिबन्धीत औषधीसहित एक पक्राउ

पूर्णपुष्टि,चैत २९

सुनसरीमा प्रतिबन्धीत औषधीसहित एका पुरुष पक्राउ परेको छ । धरान–१० का २६ वर्षीय दिनेश खड्कालाई प्रतिबन्धीत औषधीतसहित पक्राउ परेको हो ।

आज विहान ९ बजे धरान–६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी सेटाडोल ३४४ क्याप्सुल र स्पास्पेन ३३३ क्याप्सुलसहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको  छ ।

प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।