
थाहा छैन, उनी धर्मपुत्र भएर जान मानेको थियो कि थिएन । एक झलक आमाको मुखसम्म देख्न नपाई, लगिएछ । यता जन्मदिने आमाको पनि उस्तै हालत । नौं महिना गर्भमा राखेर, ७ बर्षसम्म काखमा हुर्काएको छोरो थाहै नपाई विदेशीको धर्मपुत्र पारियो । कमलाकै भाषामा भन्ने हो भने विदेशीलाई बेचियो ।
हो, आज त्यहि आमा, कमला सुवेदी छोरो नभेटेसम्म मन शान्ति नहुने अवस्थामा पुगेकी छिन् । पलपल तड्पिदै छटपटिरहेकी छिन् ।
गौरबलाई कुन देश लगिएको भन्ने प्रस्ट नभएपनि स्पेन हो की भन्ने छ । धर्मपुत्रकै रुपमा विदेश लगिएको हो भने, उनको छोरो गौरब पनि विश्वको कुनै ठाउँमा होला । विश्वभरी मानिस छन् । मानिसले सञ्चारको सञ्जाल विश्वभर फिजाएका छन् । चाहे त्यो सामाजिक सञ्जाल होस्, चाहे त्यो सञ्चार माध्यम, जुनसुकै होस्, संसार सञ्चारदेखि अलग छैन ।
त्यसैले हाम्रो एउटै मात्र ध्येय हो– यो भिडियो हेरेर, एउटी आमाको पिडालाई महशुस गरेर, सकेसम्म धेरैभन्दा धेरैलाई, सेयर गरौं । देशविदेश गर्दै विश्वभर फैलाऔं । जसले गर्दा काँही कतै, उनको छोरो वा, छोरोलाई खबर दिनसक्ने मानिससम्म पुग्नसकोस् ।