Sunday, March 16News That Matters

जंगलमा सडेकाे अबस्थामा शब फेला

पूर्णपुष्टि, जेठ १ ।

उदयपुरकाे त्रियुगा नगरपालिका वार्ड न ६ जलजले स्थित राजदेबी सामुदायिक बन क्षेत्रमा एक पुरुषकाे शब सडेकाे अबस्थामा आज फेला परेकाे छ ।  रातोमाटेडाँडा भन्दा १ घन्टा परको दुरिमा सडिसकेको अबब्स्थामा पुरुषको शब फेला परेको हाे ।

स्थानीयहरुका अनुसार शबकाे पहिचान खुलेकाे छैन । घटना बारे प्रहरीले अनुसन्धान थालेकाे छ ।