Friday, May 22News That Matters

जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु

पूर्णपुष्टि, भदौ २

प्यूठानमा जंगली च्याउ खाँदा दाजुभाईको मृत्यु भएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दाजुभाईको मृत्यृ भएको हो भने बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।

नौबहिनी गाउँपालिका–६ बाहनेका ३३ वर्षीय विष्णु घर्तीका छोराहरु १३ वर्षीय सुगम र १५ वर्षीय सुरेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उहाँकी ३० वर्षीया श्रीमती लीला र १७ वर्षीय छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिरामीको अवस्था सामान्य रहेको जनाईएको छ ।