
पूर्णपुष्टि, भदौ १९ गते ।
झपामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट ज्यान गएकोे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

