Saturday, June 27News That Matters

जक मुद्दामा १ जना फरार अभियुक्त पक्राउ

पूर्णपुष्टि, असार २१

बजरजस्ति करणी मुद्दामा फरार रहेको एक जना पक्रउ परेको छ । २०७६ साउन ९ गतेदेखि फरार रहेको रौतामाई गाउँपालिका–६ का अर्जुन बस्नेत पक्राउ परेको हो ।

साउन ९ गते एक महिलालाई जबरजस्ति बलात्कार गरी फरार रहेको अर्जुनलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले बेलका नगरपालिका–३ रातापानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रतिबादीलाई आज जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।