जङ्गलमा श्रीमतीको कंकाल फेला, श्रीमान पक्राउ

पूर्णपुष्टि,कार्तिक २२
परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको महाराजगंज नगरपालिका–११ स्थित बाबा बनलाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई श्रीमतीको हत्या गरी जङ्गलमा फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
लोनियाले श्रीमती चिन्का लोनियालाई गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका–९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंकाल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: