
पूर्णपुष्टि, जेष्ठ १७
नेकपा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जनअपेक्षा भन्दा राम्रो बजेट सरकारले ल्याएको प्रतिक्रिया दिनु भएको छ ।
अध्यक्ष घिमिरेले उदयपुरमा पनि माग अनुरुपकै बजेट प्राप्त भएको समेत बताउनुभयो । त्रियुगा नदीले कटान गरेर समस्यामा पारेको किसान र स्थानीय जनताहरुलाई सामाधान हुने हिसावले ८६ किलोमिटर त्रियुगा नदीको तटबन्धनका लागि बजेट आएको उहाँले बताउनुभयो ।
यो बिगत देखिनै उठाईरहेको माग रहेको उहाँको भनाई छ । उहाँले सबै क्षेत्रले बजेटको स्वागत गरेको समेत जनाउनुभयो । कुनै पनि क्षेत्रबाट बजेटको गुनासो गर्ने स्थिति आफुहरुले नपाएको समेत उहाँले बताउनुभयो । नेपाली जनता र बिभिन्न क्षेत्रहरुको माग अनुरुपनै सरकारले बजेट ल्याएको उहाँको भनाई छ ।
उदयपुरमा यो पटक अतिआश्यको रुपमा रहेको सहि शिर्षकमा बजेट छुटिएको उहाँको भनाई छ । घिमिरेल केहि गुनासोको रुपमा उठेको बिषयलाई पनि समेट्ने बताउनुभयो । उहाँले केहि मात्रामा जनगुनासोको रुपमा उठेको बिषय कटारी घुर्मिको सडक खण्डको लागि पनि केन्द्रिय नेताहरु समक्ष कुरा भईरहेको बताउनुभयो ।
