
पूर्णपुष्टि, २८ माघ ।
भर्खरै प्रदेश मन्त्रीमा नियुक्त भएका नारायण बुर्जा मगरले जनता प्रति उत्तरदायी बनेर काम गर्ने जनाएको छ । जनतालाई सुशासनमा जोड दिनुका साथै देखिने गरी काम गरेर मन्त्री पदको सदुपयोग गर्ने मन्त्री बुर्जाको भनाई छ । उनि शुक्रबार मात्रै प्रदेशको खानेपानी सिँचाई तथा उर्जा मन्त्रीमा नियुक्ती भएका थिए । माओवादी बाट निर्वाचित बुर्जा दोस्रो पटक सांसद बन्दै गर्दा मन्त्री बन्ने अवसर पाएका थिए । गुह जिल्लामा पार्टीले सम्मान तथा बधाई दिने क्रममा मन्त्री बुर्जाले आफु कुनै लोभ लालजमा नपरी जनताको लागि काम गर्ने उनले बताएको छ । बुर्जाले सम्मान त्रियुगा नगर पार्टी कमिटीलाई धन्यवाद व्यक्त गरे ।