
पूर्णपुष्टि,असार १ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१२,मा प्रत्यस महिना जनप्रतिनिधिको सहभागितामा वडा सफाई अभियान सञ्चालन सुरु गरिएको छ । वडा भित्ररहेका विभिन्न टोल बिकास संस्था र स्थानीय सरकारको सहभागितामा आज असारको पहिलो हप्ताको पहिलो दिनबाट हरेक महिनामा एक पटक वडा सफाई कार्यक्रमको सुरु गरिएको हो ।
वडा कार्यालयका कार्यवाहक अध्यक्ष अनिता थापाका अनुसार यस अभियानमा जनप्रतिनिधि ४ जना र अन्य टोल बिकास संस्थाका ३ गरी ७ जनाको उपस्थितिमा आफ्नो र नजिकको टोलमा गएर महिनाको एक पटक २–४ घण्टा सफाई गर्दा आफ्नो टोल सफा रहने बताईन । उनका अनुसार वडा भित्र २२ वटा टोल बिकास संस्थाहरु रहेका छन् ।
यस अभियानलाई थप व्यवस्थित बनाउँनको निमित ५ वटा फोहोर फाल्ने डस्टविन, १० वटा सफाई गर्ने झाडु, १० जोर सफाइमा प्रयोग गरिने ग्ल्वस र ५ बक्स माक्स बितरण गरिएको वडा नं १२ कि सचिव निरु कार्कीले जानकारी दिइन ।
