पूर्णपुष्टि/उदयपुर, चैत ४ गते
-पार्टीको अभिमत र जनताको अमूल्य मतबाट जितेका स्थानीय तहका जनप्रतिनिधिहरु मनोमानीरुपले चल्दै गएको भन्दै नेकपा एमाले उदयपुरले स्थानीयतह सञ्चालन संयन्त्र खडा गरेको छ ।
पार्टीले जिल्ला समन्वय समितिदेखि गाउँ/नगरपालिका र वडा तहसम्मको सञ्चालन संयन्त्र खडा गरेको छ । पार्टीसंग सामिप्यता नगरेको र जनताबीचको समस्या नहेरी आप्mनै ढंगले जनप्रतिनिधिहरु चलेको गुनासो पार्टीमा आएपछि गत फागुन ३ गते बसेको बैंठकले विभिन्न सञ्चालन संयन्त्रहरु निर्माण गरेको एमाले उदयपुर सचिव परमेश्वर घिमिरेले बताउनुभयो ।
संयन्त्रले जनप्रतिनिधिहरुलाई मनोमानीढंगले चल्नबाट रोक्दै पार्टीले अगाडी सारेका योजनाहरुलाई कार्यन्वयन गराउन, जनताको चाहना अनुरुप अगाडी बढ्न र काममा सहयोगसमेत गर्ने उहाँले बताउनुभयो । जनताका हितमा पार्टी र जनप्रतिनिधिबीच पुलको काम गर्ने संयन्त्रले विविध सिर्जनात्मक र रचनात्मक कामका लागि सल्लाह, सुझाव र सहयोग गर्ने उहाँले बताउनुभयो ।
पार्टीका अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवको चार गाउँपालिका तथा चार नगरपालिकामा एक गाउँपालिका र एक नगरपालिकामा संयन्त्रको इन्चार्जसिप छ ।
बेलका नगरपालिका र उदयपुरगडी गाउँपालिकाको संयन्त्र इन्चार्जसमेत रहेका सचिव घिमिरेले हरेक हप्ता जनताको घरमा पुग्ने गरी बेलकामा जनतासंग मेयर कार्यक्रम पास गरिएको बताउनुभयो । गाउँपालिका र वडाहरुमा सोही ढंगले जनतासंग प्रमुख कार्यक्रम गरिने बताउनुभयो ।