
पूर्णपुष्टि, जेठ २५ । जनमत पार्टीका सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सत्तारुढ दलसहितको ६ राजनितिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी पेश गरेका हुन् ।
सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद गरी ५५ जना सांसदको समर्थन रहेको छ । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

