
पूर्णपुष्टि, जेष्ठ १७
बरिष्ठ पत्रकार कौशल चेम्जोङले हाल सरकारले सर्वाजानिक गरेको बजेट जनमुखि नरहेको बताउनु भएको छ । चेम्जोङले गत बर्ष पनि सम्बन्धित क्षेत्रहरुमा छुट्याईएको बजेट सदुपयोग नभएको र यो बर्ष पनि निरन्तरता दिने भनिएको भएपनि झारो टार्ने काम मात्रै भएको बताउनुभयो ।
उहाँले बजेट प्रति निराशानै हुने पर्ने अवस्था पनि नदेखिएको बताउनुभयो । सम्बन्धित सबै क्षेत्रलाई बजेटले नछोएको भएपनि केहि बजेट राम्रो शिर्षकमा पनि बिनियोजन भएको बताउनुभयो ।
उहाँले बजेट स्वागत योग्नै रहेको भएपनि अध्यादेश बाट ल्याइएको हुँदा महत्वकांक्षी पनि हो की भन्ने संका रहेको बताउनुभयो । जनताको पक्षमा केहि गर्न खोज्ने गरी बजेट आईराख्दा यस बजेटले जति गर्नु पर्ने र समेट्नु पर्ने हो त्यो चै नसमेटिएको उहाँको भनाई छ । उहाँले सरकारले ल्याएको यस आर्थिक बर्षको बजेटलाई तरकारीमा नुन नपुगेको संज्ञा समेत दिनुभयो ।
यो बजेटले जस्लाई छुन पर्थ्यो त्यो क्षेत्रमा नछोएको छैन उहाँले भन्नुभयो” बजेटले तल्लो बर्गको जनताहरु सर्बहारा, मजदुर, किसान, बेरोजगार युवा जस्ता क्षेत्रमा कुनै राहत नदिएको प्रतिक्रिया दिनुभयो । बजेटले केवल कर्मचारी, सरकारी सेवाका व्यक्ति र सामाजिक सुरक्षा भत्ता मार्फत बुद्ध बृद्धालाई समेटेको बाहेक खास काम नगरेको उहाँको भनाई छ ।
उहाँले चोर बाटो देखि बजेट ल्याएको र एमसीसी जस्ता बिवादित संस्थाहरुबाट आएको बजेट स्वीकार्नु गलत रहेको समेत टिप्पणी गर्नुभयो । संसद बाट बजेट ल्याउँदा एमसीसीको बजेट विवादीत हुने भएकोले अध्यायदेश मार्फत चोरीको बाटो देखि ल्याएको बजेट निकै अचम्मको बजेट रहेको बताउनुभयो ।
चेम्जोङले यो बजेट नितिगत र सहि तवरले वितरण नभएको पनि बताउनुभयो । उहाँले बजेट पावर र पहुचको भरमा बितरण गरिएको बताउनुभयो । सबैभन्दा बढी बजेट झपामा र गोकुल बास्कोटाको जिल्ला काभ्रेमा र नेताहरुको पहुच क्षेत्रमा बजेट वितरण भएको उहाँले बताउनुभयो । उहाँले सत्ताको पहँचमा बजेट बितरण हुनु गलत भएको बताउनुभएको छ ।
