
पूर्णपुष्टि, जेष्ठ १७
बाल बिकास समाज नेपाल उदयपुरको समन्वयमा जिल्ला कोभिट संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री जुटेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाल बिकास समाजले समन्वय गरी बिभिन्न स्वास्थ्य समाग्री कोरोना उपचारको लागि जिल्लामा जुटाएको हो ।
जिल्लालाई एन्टिजेन किट, सर्जिकल मास्क, ग्लोव्स, पल्स अक्सिमिटर, पिपिइ सेट, लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको बाल बिकास समाज नेपाल उदयपुरले जनाएको छ ।
सामाग्री आईतबार सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेललाई संस्थाकी उपाध्यक्ष सीता माया तामाँङ्गले हस्तान्तरण गर्नु भयो ।
कोभिड संकट सँग लड्न सहज वातावरण होस् भन्ने हिसावले संस्थाको तर्फबाट केहि सहयोग जिल्लालाई गरेको संस्थाकी उपाध्यक्ष तामाङले बताउनुभयो ।
संस्थाले उदयपुरगढीमा पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको जनाएको छ । उयदपुरगढीमा १ लाख ६९ हजार बराबरको सामाग्री प्रदान गरेको हो । संस्थाले डिडिएमसी र उदयपुरगढी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको तामाङले बताउनुभयो । दुवैलाई गरी संस्थाले १३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 
