
खबर विस्तृतमा…
१
उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार २४३ पुगेको छ । जसमा ५४८ महिला र ६९५ जना पुरुष रहेका छन् । संक्रमणके हिसावले आठ पालिकाहरु मध्ये सबैभन्दा बढि त्रियुगामा छ । त्यसपछि चौदण्डीगढीमा रहेका छन् । त्रियुगामा ५९६, चौदण्डीगढीमा १८२, बेलकामा १४७ र कटारीमा १३३ रहको छन् । त्यसैगरी गाउँपालिकाहरुतर्फ राँैतमाईमा ८१, लिम्चुङबुङमा ६०, उदयपुरगढीमा ३८ र ताप्लीमा ६ जना रहेका छन् । संक्रमित थपिएसंगै निको हुनेको संख्या पनि बढिरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमित थपिएका छन् । १४७ जनाको एन्टिजेन परिक्षण गरिदा २६ महिला र ३४ पुरुष संक्रमित पुष्टि भएको हो । जिल्लामा निको हुनेको संख्या २३७ पुगेको छ । पछिल्लो समय २ जना निको हुनेको संख्या थपिएको हो । जिल्लामा सक्रिय संक्रमितको संख्या ९७१ रहेको छ । जसमा ४३५ महिला र ५३६ पुरुष रहेका छन् ।
२
उदयपुरका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना थपिएको छ । त्रियुगा नगरपालिकाको २ र चौदण्डीगढी नगरपालिकाको २ जनाको मृत्यु भएको हो । त्रिनपा १३ का ९० वर्षिय पुरुष र त्रिनपा ११ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो भने चौनपा ६ का ६३ वर्षिय महिला र सोही वडाको ७६ वर्षिय पुरुषको मृत्यु भएको हो ।
उनीहरु चारैचनाको विराटनगरस्थित हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । दुईजाको गत १४ गते र २ जनाको १५ गते मृत्यु भएको जनाइएको छ । योसंगै जिल्लाको मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ । जसमा ११ महिला र २४ जना पुरुष रहेका छन् । मृत्यु हुनेहरु मध्ये सबैभन्दा बढि त्रिनपामा २२ जना रहेका छन् । चौदण्डीगढीमा ६ जना, कटारीमा ३, बेलकामा २ र उदयपुरगढीमा २ जना रहेका छन् ।
३
त्रियुगा नगरपालिकाको उच्च संक्रमण दरलाई अन्य कुनै पालिकाले उछिनेको छैन । कुल ९७१ जना जिल्लाको सक्रिय संक्रमित मध्ये त्रियुगामा मात्र सक्रिय संक्रमित ४७५ जना छन् । दोस्रोमा चौदण्डीगढी ११८, त्यसकै हाराहारीमा कटारीमा ११४ र बेलकामा १०४ जना रहको छन् । गाउँपालिकातर्फ सक्रिय संक्रमितको अवस्था रौतामाईमा ७२, लिम्चुङबुङमा ५२, उदयपुरगढीमा ३१ र ताप्लीमा ५ जना रहेका छन् ।
४
जिल्लामा संक्रमण फैलिएको लामो समय पछि ताप्लीमा परिक्षणसंगै संक्रमित देखिन थालेको छ । स्वास्थ्य कार्यालयको अनुसार ताप्लीमा ५ जना संक्रमित देखिएको छ । जसमा १ महिला र ४ पुरुष रहेका छन् । संक्रमित मध्ये २ जना प्रहरी र एक जना चालक रहेको बुझिएको छ ।
५
उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उदयपुर कोरोना अस्पताल बेल्टार छिटै सुविधा सम्पन्न बन्ने बताउनु भएको छ । सो अस्पताललाई प्रदेश स्तरकै अस्पताल बनाउने उद्देश्यका साथ गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
मेयर चौधरीका अनुसार अस्पताललाई आवश्यक पर्ने सबैखाले सामान, जनशक्ति र व्यवस्थापन गरिनेछ । जिल्लाको आठै पालिकाको साझा अस्पताल भएकाले उदयपुर विकास बोर्डले अस्पतालको स्तरोन्तीमा ध्यान दिएको हो ।
६
वल्डभिजन इन्टरनेशनलले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु जिल्ला स्थित चार अस्पतालमा वितरण भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार ७० वटा अक्सिजन शिलिण्डर मध्ये जिल्ला अस्पताल उदयपुरलाई सबैभन्दा बढि ३० वटा उपलब्ध गराइएको छ । चौदण्डीगढी नगरपालिका स्थित उदयपुर कोरोना अस्पताल बेल्टारलाई १५, कटारी अस्पताललाई पनि १५ र बेलका नगरपालिका स्थित बेलका नगर अस्पताललाई १० वटा उपलब्ध गराइएको छ । सोही रेसियोमा पिपिइसेट, थर्मोगन लगायतका सामानहरु पनि वितरण भएको जनाइएको छ । योसंगै जिल्लामा अक्शिजन शिलिण्डरको संख्या थपिएर २३३ पुगेको छ ।
७
यसैबीच बाल बिकास समाज नेपाल उदयपुरको समन्वयमा सेभ द चिल्ड्रेनले जिल्ला प्रशासन कार्यालय उदयपुरलाइ स्वास्थ्य समाग्री दिएके छ ।
जिल्लालाई एन्टिजेन किट, सर्जिकल मास्क, ग्लोव्स, पल्स अक्सिमिटर, पिपिइ सेट, लगायतका स्वास्थ्य सामाग्री दिएके हे । सामाग्री आईतबार सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेललाई संस्थाकी उपाध्यक्ष सीता माया तामाँङ्गले हस्तान्तरण गर्नु भयो ।
उयदपुरगढीमा पनि १ लाख ६९ हजार बराबरको सामाग्री प्रदान गरेको हो । संस्थाले दुवैलाई गरी १३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
८
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ११४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।
निको हुनेको संख्या ६ हजार ४९१ जना थपिएको छ । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ जना पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० रहेको छ । एकसाता यता सक्रिय संक्रमितको संख्या क्रमशः घटिरहेको छ ।
९
कोरोना विरुद्ध अग्रपंतीमा खटिएर समाचार लेख्ने पत्रकारहरु पनि संक्रमणबाट अछुतो छैनन् । नेपालमा ८७७ जना पत्रकार संक्रमित भएका छन् । कोरोनाको कारण १९ पत्रकारको ज्यान समेत गएको छ । ६१२ जना कोरोना मुक्त भएका छन् भने २४६ जना कोरोनासंग लडिरहेका छन् । उनीहरुको विभिन्न अस्पताल र होम आइसोलेशनमा उपचार भइरहेको नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोसन पुरीले जानकारी दिनुभयो । संक्रमित मध्ये १ नम्बर प्रदेशका ७५ संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।
१०
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड १० लाख ३९ हजार ७१२ पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३५ लाख ५६ हजार ९२१ रहेको छ भने निको हुनेको संख्या १५ करोड, ३१ लख ४९ हजार ९२० रहेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४३ लाख ३२ हजार ८७१ रहेको छ । विश्वमा पनि कोरोनाको सक्रिय संक्रमितको संख्या क्रमिकरुपले घटिरहेको छ ।
११
विश्वभर छरिएर रहेका नेपालीहरुले पनि विश्व कोरोना महामारीको सामना गरिरहेका छन् । नेपालमा संक्रमित थपिरहदा विश्वमा भने घट्दै गएको अवस्था छ । कामको सिलसिलामा विभिन्न देशमा रहेपनि नेपालीहरुको मन भने नेपालतिरै तानिएको छ । अहिले उनीहरुमा विदेश भन्दा नेपालको चिन्ताले बढि सताउने गरेको छ । विदेशमा सुरक्षित महशुस गर्दै आएका उनीहरु नेपालमा बढ्दो संक्रमण र नेपालमा रहेका नेपाली, आफन्तजन र परिवारका कारण चिन्तित बनेका हुन् ।
यसै सन्दर्भमा हाल अस्ट्रेलियामा रहेका उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारका प्रमोदकुमार सोनी हामीसंग प्रत्यक्ष कुराकानी भिडियाेमा हेर्नुहाेला ।
