Saturday, June 27News That Matters

जन्ती बोकेको गाडी दुर्घटना

पूर्णपुष्टि, फागुन २५

सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा करिब १२ जना घाइते भएका छन् ।

बिष्णुपुर गाउँपालिका–१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका–८ काचनतर्फ फर्किने क्रममा बोदे ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो ।

सगरमाथा डेरीको पर्खालमा ठोक्किएर ना १ ज ८९३८ नम्बरको गाडी दुर्घटना हुदा बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यी दुई जनाको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकाश साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, सोही उमेरका कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव घाइते भएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।