Saturday, June 27News That Matters

बाँकेमा आगलागीबाट २२ घर जलेर नष्ट

पूर्णपुटि, फागुन २५

बाँकेको नरैनापुरमा आगलागी हुदा २२ घर जेलर नष्ट भएको छ । सोमबार विहान ११ बजे नरैनापुर गाउँपालिका–१ सुइया  दलित बस्तीमा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ ।