
पूर्णपुष्टि,फागुन २५
मोरङमा लागुऔषध सहित सोमबार पाँच जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका–१० स्थितबाट हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङ, २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगर रहेका छन् ।
प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गांजा २०० ग्राम प्रहरीले बरामत गरेको छ ।
पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
