जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

पूर्णपुष्टि, मंसिर ६
जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती साढे आठ बजे दुर्घटनामा परेको हो ।
सो जीपमा सवार ७ जनामध्ये ५ जनाको घटना स्थलमै ज्यान गएको र एक जनको उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटैमा ज्यना गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका४० वर्षीय दीपक मालीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएसँगै मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ ।
दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै, दुर्घटनामा परी दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । द्रूत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: