
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको ताप्लिमा जवरजस्ति करणी गर्न खोज्ने एक जना पक्राउ परेको छ । ताप्लि गाउँपालिका–२ ओख्ले निबासी ८ वर्षीय बालिकालाई जवरजस्ति कारणी गर्न खोज्ने वडा न. २ कै ओडारे निबासी ६५ वर्षीय छविलाल राई पक्राउ परेको हो ।
गत जेठ १ गते बालिकालाई जवरजस्ति करणी गर्न खोजेको भन्दै गत जेठ ५ गते जिल्ला प्रहरी कार्यालय उदयपुरका जानकारी आएपछि प्रहरी चौकी रामपुरबाट खटेका प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
