
पूर्णपुष्टि, पौष १७
जबरजस्ती करणीको आरोपमा उदयपुरमा एक जना पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका– ३ की ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ परेको हो ।
इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् ।
बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए ।
पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकलाई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
