Thursday, June 11News That Matters

वडा देखि केन्द्रसम्म दोस्रो चरणको बिरोध गर्दै दाहाल–नेपाल समूह

पूर्णपुष्टि, पौष १७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहले दोस्रो चरणको बिरोध गर्ने घोषाणको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको घोर बिरोध गर्दै दाहाल – नेपालले दोस्रो चरणको कडा आन्दोलन गर्ने घोषाणाको निर्णय गर्न लागेको हो ।

अबको बिरोध वडा तह देखि केन्द्र सम्मकै रहने दाहाल – नेपाल समूहले बताएको छ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठकपछि आज दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । दोस्रो चरणमा वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी दाहाल(नेपाल समूहको छ ।

अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा गरिएको छलफलमा तत्काल सहमति नबनेपछि एक्लै आन्दोलन कार्यक्रम घोषण गर्न लागिएको हो ।