
पूर्णपुष्टि, पौष १८
गएराति मोटरसाईकल बाट बाघले लगेको महिलाको शव शनिवार फेला परेको छ । अनुहार र दुवै पिडौँला खाएको अवस्था महिलाको शव घटना स्थल नजिकै फेला परेको हो ।
रातिको समयमा मोटरसाईकलको पछाडी सवार रहेकी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो ।
मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन् ।
