Thursday, June 11News That Matters

उदयपुरको बसाहामा आगलागी लाखौबढीको क्षेति

पूर्णपुष्टि, पौष १९

उदपुरमा आगलागी हुँद ३० लाख बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका ३ बसाहा बँदेलपानीमा विद्युत सर्ट भई आगलागी हुँदा ३० लाख बढीको क्षति भएको हो ।

बिद्युत सर्ट भई  शनिबार साँझ करिव ६ः३० बजेको समयमा हीरा राईको घरमा आगलागी भएको थियो ।

आगलागीबाट घरको भुईतलामा रहेको व्युटिपार्लन र माथिल्लो तलामा रहेको होटल जलेर नष्ट भएको छ । राति अचानक भएको आगलागीले व्युटिपार्लर र होटलका केही सामान झिक्न नपाएको पीडित राईले जानकारी दिए ।

पीडितको घरभित्र रहेको सुनचाँदी, अन्नपात, भाँडावर्तन र लत्ताकपडा सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । आगलागीको घटनाबारे जानकारी आएलगत्तै गएको चौदण्डीगढी नगरपालिकाको दमकल तथा स्थानीयहरु भेला भएर लगभग २ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।